ल क्याम्पसमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल सभापतिमा बिजयी

सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका साझा उम्मेदवार ढुंगेल एमालेनिकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै स्ववियु सभापति निर्वाचित भएका हुन् ।

ल क्याम्पसमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल सभापतिमा बिजयी
काठमाडौं । काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल बिजयी भएका छन्। सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका साझा उम्मेदवार ढुंगेल एमालेनिकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै स्ववियु सभापति निर्वाचित भएका हुन् । मतपरिणाम सार्वजनिक भएकामध्ये अधिकांश पदमा सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाल ल क्याम्पसमा कोषाध्यक्ष पदको मतगणना जारी छ।