काठमाडौं । मंसिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका घनश्याम भुसाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका महासचिव बनेका छन्।
आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो।
यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले भुसाललाई महासचिव बनाउने निर्णय सर्वसम्मत गरिएको पनि बताए।
घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा चयन
आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो।