२ बजेपछि काठमाडौं उपत्यकामा वर्षा हुने

उनका अनुसार आज र भोलि देशका धेरै स्थानमा मौसम बदली हुनेछ । केही स्थानमा आज बिहानैदेखि मौसम ‘डिस्टर्ब’ रहेको उनले बताए ।

२ बजेपछि काठमाडौं उपत्यकामा वर्षा हुने
काठमाडौं । देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, सुनसरीका केही स्थानमा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत स्थानमा पनि वर्षा भएको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए । उनका अनुसार आज र भोलि देशका धेरै स्थानमा मौसम बदली हुनेछ । केही स्थानमा आज बिहानैदेखि मौसम ‘डिस्टर्ब’ रहेको उनले बताए । “यो प्रिमनसुनको समय हो । यो समयमा अपराह्नमा पानी पर्ने सम्भावना बढी हुन्छ' उनले भने । काठमाडौंमा आज पनि वर्षाको सम्भावना छ । दिउँसो २ बजेपछि वर्षाको सम्भावना रहेको उनले बताए । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।