रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध पक्राउ पुर्जी जारी

आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको भन्दै पक्राउ गर्न आदेश दिएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको भन्दै पक्राउ गर्न आदेश दिएको हो । अर्को हप्ता चिनियाँ राष्ट्रपति सी जिनफिङले रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो । बीबिसी