ढल्केवर । धनुषामा एक युवकमाथि छुरा प्रहार भएको छ। धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवक शङ्कर महतोमाथि शुक्रबार बिहान छुरा प्रहार भएको प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन्। उनको धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको बताएका छन्।
धनुषामा छुरा प्रहारबाट एक युवा घाइते
धनुषामा एक युवकमाथि छुरा प्रहार भएको छ। धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवक शङ्कर महतोमाथि शुक्रबार बिहान छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

