उपराष्ट्रपति उम्मेदवार : १० दलको जुटेन सहमति

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सहमति नभएपछि बिहीबार पुन बैठक बोलाइएको हो ।

उपराष्ट्रपति उम्मेदवार : १० दलको जुटेन सहमति
काठमाडौं । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन नसकेपछि भोलिका लागि पुनः बैठक बोलाइएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सहमति नभएपछि बिहीबार पुन बैठक बोलाइएको हो । बुधबारको बैठकमा सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बोलाइएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई जना उम्मेदवारमध्ये एक जनालाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरु समझदारी खोजी रहेका छन् । आजको बैठकमा बिहीबार गठबन्धनको साझा उम्मेदवार तय गरी एकजनाको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको बस्नेतले बताए ।