शीतल निवासले फेर्‍यो नवनिर्वाचित राष्ट्रपति पौडेलको फोटो

शीतल निवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरेको छ।

शीतल निवासले फेर्‍यो नवनिर्वाचित राष्ट्रपति पौडेलको फोटो
काठमाडौँ । शीतल निवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरेको छ। दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा हाँसीमजाकको विषय बनाइएको थियो। वास्तविक पहिचान नै मेटिने गरी फोटोसपबाट टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले दुई दिनमा हटाएको हो। दुवै गालामा रहेको कोठी देखिने गरी राष्ट्रपतिको कार्यालयले पौडेलको फोटो बुधबार अपलोड गरेको छ।