प्रधानमन्त्री प्रचण्डसँग ६ प्रदेशका प्रमुखको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग ६ प्रदेशका प्रमुखको भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न ६  प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहाललाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन् ।