आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू– भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भू –भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ ।