पहाडी भू-भागसहित यी क्षेत्रमा चट्याङसहितको वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।

पहाडी भू-भागसहित यी क्षेत्रमा चट्याङसहितको वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।