नवनिर्वाचित राष्ट्रपति रामचन्द्रले लिए शीतल निवासमा राष्ट्रपति पदको शपथ

नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्रले लिए शीतल निवासमा राष्ट्रपति पदको शपथ
काठमाडौँ ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहमा पौडेलले शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति थियो । पौडेलले शपथ लिएसँगै विद्या भण्डारी निवर्तमान राष्ट्रपति बनेकी छिन् ।