सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक ८ गतेलाई सारियो

सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक सारिएको छ।

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक ८ गतेलाई सारियो
काठमाडौँ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक सारिएको छ। आज एक सूचना जारी गर्दै संघीय संसदको राष्ट्रिय सभाको बैठक विशेष कारणवश सारिएको जनाइएको छ। राष्ट्रियसभा विनियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्षजले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा चैत ८ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरिएको छ।