रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमतको उजुरी

झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् ।

रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमतको उजुरी
काठमाडौं । उपराष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धनका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीकी उमेदवार ममता झाले उजुरी दिएकी छन् । झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् । यस्तै, यादवविरुद्ध नेकपा (एमाले) की उमेदवार अष्टलक्ष्मी शाक्यले पनि उजुरी दिएकी छन् ।