काठमाडौँ । प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ । पहिचानविना प्रदेशको नामांकन गरिएको भन्दै प्रदेश नम्बर १ को पुनः नामांकन संघर्ष समितिले शुक्रबारदेखि अनिश्चितकालका लागि तालदाबन्दी गरेको हो ।
समितिले एक साता अघिदेखि नै माङ्सेबुङको विभिन्न वडामा तालाबन्दी गर्न सुरु गरेको संघर्ष समितिका माङ्सेबुङ सल्लाहकार किसान खजुमले जानकारी दिए ।
गाउँपालिकाको कार्यालय भवनमा कालो झण्डा राखी तालबन्दी गरिएको उनले बताए । खजुमका अनुसार समितिले गाउँपालिकाको कार्यालयसँगै वडा नम्बर ५, ३ र ६ को कार्यालयमासमेत तालाबन्दी भएको छ ।
‘रातारात छापामार शैलीमा पहिचान नामेट गरेर नाम राखेकाले हामी आन्दोलित बन्नुपरेको छ । स्थानीय तहदेखि नै आन्दोलनको सुरुवात गरेका छौँ,’ उनले भने,‘पहिचानको आधारमा नामाकंन नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।
‘कोशी’ प्रदेश नामांकनको विरोधमा पालिका र वडामा तालाबन्दी
प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

