काठमाडौं । सत्ता गठबन्धनतर्फतबाट जसपा सांसद रामसहाय यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
सत्ता गठबन्धनमै आबद्ध जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि जसपाका यादवले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
संसद भवनको ल्होत्से हलमा जसपाका नेताहरूका साथमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा नेताहरूले उपराष्ट्रपतिको उम्मेदवारमा यादवको नाम दर्ता गर्न पुगेका छन्।
निर्वाचन आयोगको राष्ट्रपतिभन्दा फरक लिंगको उपराष्ट्रपति हुनुपर्ने आशयको विज्ञप्तिपछि जसपाबाट पुरुषबाट यादव र महिलाबाट प्रमिला यादवको उम्मेदवारी दर्ता गराउने तयारी छ ।
यी दुवै उम्मेदवारलाई आयोगले मान्यता दिए महिला उम्मेदवारको नाम फिर्ता लिने तयारी सत्ता गठबन्धनको दलको छ ।
सत्ता गठबन्धनको तर्फबाट रामसहाय यादवले दर्ता गरे उम्मेदवारी
संसद भवनको ल्होत्से हलमा जसपाका नेताहरूका साथमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा नेताहरूले उपराष्ट्रपतिको उम्मेदवारमा यादवको नाम दर्ता गर्न पुगेका छन्।