कांग्रेससहितका ८ दलले उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्ने

आठ दलीय गठबन्धनले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने भएको छ । आज बसेको गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एसका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

कांग्रेससहितका ८ दलले उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्ने
काठमाडौं । आठ दलीय गठबन्धनले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने भएको छ । आज बसेको गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एसका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । महिला वा पुरुष कसलाई उमेदवार बनाउने भन्नेबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितको बैठक केही समयमा बस्दै छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु पर्ने निर्वाचन आयोगले स्पष्ट पारिसकेको छ ।