१० दलको गठबन्धनले टुंग्याउन सकेन उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको हो । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन…

१० दलको गठबन्धनले टुंग्याउन सकेन उपराष्ट्रपतिको उम्मेदवार
काठमाडौं । सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको हो । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्म सहमति जुटाउने तयारी भएको सिके राउतले बताए । राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ । ‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ । यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो । किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ । जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ ।’ राउतले जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको बताउँदै उनले नै उम्मेदवारी दर्ता गराउने बताए । जसपाले भने पुरुष र महिला गरी दुई जनाको आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जानकारी दिए । यसबारे भोलिसम्म सहमति जुटाएर साझा उम्मेदवार बनाइने उनको भनाई थियो ।