काठमाडौं । श्री एयरलाइन्सको सबै जहाजहरु उडानको लागि सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बिहीबार काठमाडौंबाट भैरहवाको लागि उडान गरेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या आएको थियो ।
त्यसपछि, शुक्रबार सबै जहाज ग्राउन्डेड गरिएको थियो । त्यसलगत्तै प्राधिकरणको विज्ञ टोलीले एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच गरेको थियो । विज्ञहरुको टोलीले इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरिएको थियो ।
चेकजाँच गर्दा जहाजहरु उडानका लागि पूर्ण सुरक्षित देखिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । यससँगै प्राधिकरणले चेकजाँचपछि उडान सञ्चालनको लागि पुनः अनुमति पाएको छ । श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्नेछ ।
श्री एयरलाइन्सको जहाज सुरक्षित, उडानको लागि पायो अनुमति
श्री एयरलाइन्सको सबै जहाजहरु उडानको लागि सुरक्षित रहको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

