काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न गठबन्धनमा आवद्ध दलहरूको बैठक बस्न लागेको छ । कांग्रेस–माओवादीसहित आठ दलीय गठबन्धन कार्यदलको बैठक बस्न लागेको हो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा आवद्ध नेताहरूको बैठक बस्न लागेको हो । संयोजक खड्काका अनुसार अहिले केहीबेरमा बैठक सुरू हुनेछ ।
बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा उपराष्ट्रपतिको उमेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने उनले बताए ।
गठबन्धन कार्यदलको बैठक बस्दै
उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न गठबन्धनमा आवद्ध दलहरूको बैठक बस्न लागेको छ ।

