नेम्वाङको चुनावी खर्च १६ हजार ५ सय

राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

नेम्वाङको चुनावी खर्च १६ हजार ५ सय
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले चुनावी खर्च सार्वजनिक गरेका छन् । आयोगलाई शुक्रबार बुझाएको विवरणमा चुनावमा १६ हजार ५ सय रुपैयाँ खर्च गरिएको उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको निर्वाचन अधिकृतको कार्यालयमा नेम्वाङका तर्फबाट एमालेका सांसद महेश बर्तौलाले बुझाएको विवरणमा एक पटक एसएमएस गर्दा १० हजार रुपैयाँ र मसलन्दतर्फ ६ हजार ५ सय खर्च जनाइएको छ ।