रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सो दलका सांसद गंगाराम चौधरीले जानकारी दिए । राष्ट्रपतिमा पुरुष निर्वाचित हुँदा निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेपछि उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो । ‘पार्टीबाट निर्णय गर्‍यो । अब नौदलीय गठबन्धनमा छलफल हुन्छ । परामर्श गरेर अघि बढ्छौँ,’ सांसद चौधरीले भने ।