श्री एयरका ८ जहाज उडानमा प्रतिबन्ध

उक्त घटनापछि उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुनः उडानका लागि अनुमति दिने भएको हो। यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन ।

श्री एयरका ८ जहाज उडानमा प्रतिबन्ध
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको छ । गत बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । त्यस दिन उक्त जहाज ठूलो दुर्घटनाबाट बचेको थियो । श्री एयरका ८ वटा जहाज रहेका छन् । उक्त घटनापछि उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुनः उडानका लागि अनुमति दिने भएको हो। यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन ।