काठमाडौं । तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक बालुवाटारमा शुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो ।
उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए । सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए । प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।
गत मंगलबार माओवादी धारका आठ दलका नेताहरूसँग छलफलका क्रममा उनले अदालतको आदेश शान्ति प्रक्रियासँग जोडिएको बताउँदै आफूहरू एक भएर जानुपर्ने धारणा राखेका थिए । उनले अदालतको आदेश शान्ति प्रक्रिया र माओवादी आन्दोलनसँग जोडिएको विषय भएको भन्दै सामूहिक चासो लिनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, विप्लव, कृष्णबहादुर महरा, जनार्दन शर्मा, देवेन्द्र पाैडेल, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत छन् ।
पूर्वमाओवादी घटकहरुको बैठकमा को-को छन् ?
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत छन् ।

