काठमाडौं । देशका चार वटा प्रदेशमा आंशिक बदली रही बाँकी मौसम सामान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
यस्तै देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतः सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज (शुक्रबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।
भोलि शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक /दुई स्थानमा मेघ गर्जन चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तै देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतः सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

