नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई हराएको छ ।

नेपालले पपुवा न्युगिनीलाई  ५२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई हराएको छ । नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पीएनजी २४५ रनमा अल आउट भयो । जवकि जितका लागि नेपालले २९८ रनको लक्ष्य दिएको थियो ।