राजा फर्काउन 'मार्सी' को टोली माइतीघरमा

मेडिकल बिचौलियाका रुपमा चर्चित दुर्गा प्रसाईं 'मार्सी’ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानुले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

राजा फर्काउन 'मार्सी' को टोली माइतीघरमा
काठमाडौँ । मेडिकल बिचौलियाका रुपमा चर्चित दुर्गा प्रसाईं 'मार्सी’ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानुले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्स्थापनाको अभियान लिएर देशव्यापी आन्दोलन घोषणा गरेको मार्सीको टोलीले आज बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । ‘राजसंस्था पूर्ण स्थापना र गणतन्त्र खारेजीु को मागसहित महाअभियानकी प्रवक्ता रमा सिंहको नेतृत्वमा भएको प्रदर्शनमा राजावादी संघसंस्था र व्यक्तिहरुको उपस्थिति थियो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुदैँ देशका विभिन्न शहरमा प्रर्दशन गरिसकेको छ ।