काठमाडौँ । साढे १२ बजेसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका गरी २६७ जनाले भोट खसालेका छन् ।
५५० सदस्यीय प्रदेशसभामा ३३६ जनाले भोट खलालिसकेका छन् । राष्ट्रिय सभामा ५८ र प्रतिनिधिसभामा २७२ जना सांसद छन् ।
राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरिसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई भोट हाल्ने निर्णय गरेको छ ।
राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
राष्ट्रपतिका लागि ३ बजेसम्म् मतदान चल्नेछ ।
राष्ट्रपति निर्वाचनः संघतर्फ २६७ र प्रदेशसभाका ३३६ जनाले हाले भोट
साढे १२ बजेसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका गरी २६७ जनाले भोट खसालेका छन् ।

