काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचन बहिष्कार गरेको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको भन्दै नमकिपाले निर्वाचन बहिष्कार गरेको हो।
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन्।
अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रपति चयनका लागि मतदान जारी छ।
कांग्रेस र एमालेले एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को नेपाल–भारत सन्धि, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायतका सन्धि–सम्झौता खारेज गर्ने प्रतिवद्धता नगरेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपाका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल मजदुर किसान पार्टीले बहिष्कार गर्यो राष्ट्रपतिको निर्वाचन
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचन बहिष्कार गरेको छ।

