राष्ट्रपतिमा रामचन्द्रलाई मतदान गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिमा रामचन्द्रलाई मतदान गर्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । भर्खरै बसेको  रास्वपा संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको हो । वर्तमान सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार छन् । त्यस्तै एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ राष्ट्रपतिको उम्मेदवार छन् ।