काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
साथै बैठकले फलफूल, तरकारी र खाद्यजन्य बस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाएर यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय भएको सचिवालयको भनाइ छ।
मन्त्रिपरिषद्ले गर्यो यी दुई निर्णय
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।