काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।
आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पाँच घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले राप्रपाको भोट राष्ट्रपति निर्वाचनका लागि निर्णायक पनि नरहेको उल्लेख गरे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय गरिएको पत्रकारहरूलाई बताए।
‘राष्ट्रपतिका दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा रहेको र दुवै जना हालै प्रतिनिधि सभामा निर्वाचित भएको व्यक्तित्व हुनुहुन्छ। उहाँहरूबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न हामीले सक्दैनौं,’ उनले भने, ‘त्यसकारण हामी यो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुन्छ भनेर निर्णय गरिएको हो।’ बिहीबार राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।
गत फागुन १३ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका थिए।
राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पाँच घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

