काठमाडौं। आठ दलीय गठबन्धनले फागुन २५ गते बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेशसभातर्फका सबै सांसदहरुलाई भोलि बुधबारभित्रमा काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय लिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
‘राष्ट्रपति निर्वाचनबारे गर्नुपर्ने काम सबै व्यवस्थित र सुरक्षित रुपमा प्रशिक्षित गर्ने निर्णय भएको छ’ नेता श्रेष्ठ भन्छन् आफ्नो पार्टीका नेता कार्यकर्ता र सांसदहरुलाई भोट कसरी हाल्ने सिकाइ रहनु पर्ने कुरा भएन ।
यस पटक भोटमा स्वस्तिक लगाउनु पर्छ। पहिले नम्बर र टिक लाउने हुन्थ्यो । त्यसैले यसबारे सबै सांसदलाई बताउने कुरा भएको छ ।’
नेता श्रेष्ठले यो बैठक राष्ट्रपति निर्वाचनमै केन्द्रित भएर बसेकोसमेत बताएका छन् । ‘राष्ट्रपति निर्वाचनकै बारेमा बैठकमा कुरा भएको छ, नेता श्रेष्ठको भनाइ छ – ‘हामी आठ दलसँग ३१ हजार ५ सयभन्दा धेरै छ। एमालेको आफ्नो मात्रै १५२८१ हो ।
राप्रपा र रास्वपाले निर्णय गरेका छैनन् । तर पनि हामी सजिलै जित्छौँ । रामचन्द्र पौडेल फागुन २५ गते साँझसम्म राष्ट्रपति भइसक्नु हुन्छ ।’
एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले भने– ‘गठबन्धनबारे आज छलफल प्रारम्भमा भएको छ । निष्कर्षमा पुग्न सकेको छैन ।
बुधवारसम्म सांसदलाई काठमाडौं आउन निर्देशन
आठ दलीय गठबन्धनले फागुन २५ गते बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेशसभातर्फका सबै सांसदहरुलाई भोलि बुधबारभित्रमा काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।

