प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको पेशी बिहीबारलाई तोकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको मुद्दाको पेशी बिहीबारलाई तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको पेशी बिहीबारलाई तोकियो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको मुद्दाको पेशी बिहीबारलाई तोकिएको छ । सर्वोच्चमा दर्ता भएको प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको पेशी बिहीबारका लागि तोकिएको हो । उनीमाथि द्वन्द्वकालीन समयमा भएका घटनाबारे बोलेको अभिव्यक्तिको छानबिन र्गनपाउ भन्दै सर्वोच्चमा रिट परेको थियो । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार दर्ता गरेको रिट निवेदनमाथि बिहीबार पेशी तोकिएको हो । सर्वोच्च स्रोतअनुसार प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ । प्रचण्डले १ माघ २०७३ मा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मृत्यु भएकाहरुमध्ये ५ हजारको जिम्मा आफूले दिने अभिव्यक्ति दिएका थिए । टुँडिखेलमा भएको कार्यक्रममा उनले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएसँगै उनी विवादितसमेत बनेका थिए । सो अभिव्यक्ति अनुसार उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको हो