काठमाडौं । माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।
शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको उनीहरुले बताएका हुन्
बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत रहेका थिए ।



