काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी घटकहरुका नेताहरुलाई बालुवाटार बोलाएका छन् । आज बिहान साढे ८ बजे बस्ने गरी छलफलका लागि बालुवाटार बोलाइएको हो ।
‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । सोही विषयमा आजको बैठक केन्द्रित हुने स्रोतको दाबी छ ।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।
उनले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताउने गरेका छन् । विगतमा विभाजित भएर गरेका गरेका अनुभवहरूलाई समेटेर एकताबद्ध हुनु आवश्यक रहेकोमा उनको जोड छ ।
प्रचण्डले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताउने गरेका छन् ।
उक्त कार्यक्रममा प्रचण्डले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताएका थिए ।
उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीकाविरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी घटकहरूलाई बालुवाटार बोलाए
‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । सोही विषयमा आजको बैठक केन्द्रित हुने स्रोतको दाबी छ ।

