तीन वटा प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशभरी पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सो प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

तीन वटा प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशभरी पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सो प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात पनि हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सो राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । एक दुई स्थानमा हल्का हिमपात हुने र बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, फागुन २४ गते बुधबार देशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी भूभागको केही ठाउँमा हल्का हिमपात हुनेछ । यसैबीच सोही राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुनेछ । त्यस्तै, फागुन २५ गते बिहीबार देशको पहाडी भूभागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । सोही राति देशभरका पहाडि भूभागमा सामान्य बदली रही थोरै स्थानमा चट्याङसहित हल्का वर्षा हुनेछ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।