काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका हुन्।
नेपालले युएईविरुद्ध ओपनरमा आसिफ शेख र ज्ञानेन्द्र मल्ललाई मैदान उतारेको छ। आजको खेलमा नेपालले टोलीमा एक जना परिवर्तन गरेको छ । ओपनर कुशल भुर्तेलको घाइते भएपछि उनको स्थानमा नेपालका तीव्र गतिका बलर प्रतिश जि।सीलाई मौका दिएको छ।
विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी खेल जित्नु पर्ने दबाब छ। जारी रहेको विश्वकप लिग टूको सिरिजमा विदेशमा हुने त्रिकोणात्मक सिरिजमा नेपालको अन्तिम खेल हो।
पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो। नेपालले यूएईसँग ६८ रनको लज्जास्पद पराजय बेहोरेको थियो।
आईसीसी विश्वकप क्रिकेट लिग २ : नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

