वैवाहिक सम्बन्धमा दरार : निशा अधिकारीले हालिन् अंशवण्डाको मुद्दा

केही समयको प्रेमसम्बन्धपश्चात यी दुईले २०७४ सालमा विवाह गरेका थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यति बेला भने दुवै जना नेपालमा छन् । निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

वैवाहिक सम्बन्धमा दरार : निशा अधिकारीले हालिन् अंशवण्डाको मुद्दा
काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको वैवाहिक सम्बन्धमा दरार आएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंशवण्डा ९अंशचलन०को मुद्दा दायर गरेकी छिन् । गत भदौं २८ गते निशाले दायर गरेको अंश चलनको मुद्दामा अदालतले आइतवार सम्पत्तिको फाँटवारी माग गर्न आदेश दिएको छ । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । केही समयको प्रेमसम्बन्धपश्चात यी दुईले २०७४ सालमा विवाह गरेका थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यति बेला भने दुवै जना नेपालमा छन् । निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।