गलकोटकी ६५ वर्षीया महिलाको मुन्टो बटारेर हत्या गरी लुटपाट

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) एवम् सूचना अधिकारी मदन केसीका अनुसार हत्यामा संलग्न गलकोट नगरपालिका ९ चँदारा बस्ने ३४ वर्षीय ईश्वर विकलाई पक्राउ गरिएको छ ।

गलकोटकी ६५ वर्षीया महिलाको मुन्टो बटारेर हत्या गरी लुटपाट
बागलुङ । गलकोट नगरपालिका–९ की ६५ वर्षीया महिलाको हत्या गरी लुटपाट भएको खुलेको छ । माघ १९ गते पाण्डुकेसरी वनको गोरेटो बाटो नजिकै मृत फेला परेकी ६५ वर्षीया बेलकुमारी गौतमको लुटपाट गरी हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) एवम् सूचना अधिकारी मदन केसीका अनुसार हत्यामा संलग्न गलकोट नगरपालिका ९ चँदारा बस्ने ३४ वर्षीय ईश्वर विकलाई पक्राउ गरिएको छ । ‘घटनाको अनुसन्धानको क्रममा गलकोट नगरपालिका –९ चुदाँरा टोल बस्ने ३४ वर्षीय ईश्वर विकले पछाडीबाट चिउँठो र टाउँमा समाती मुन्टो बटारेर मारी मृतकले लगाएको गरगहना लुटपाट गरेको खुलेको छ’, उनले न्यूज खरीसँग भने, ‘आरोपित विकलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’ गौतमको शव माघ १९ गते घर नजिकैको गोरेटो बाटोमा भेटिएको थियो ।