स्वस्तिक ग्यास : भान्छामा प्रयोग नगरिकनै रित्तियो, परिवार भन्छ ठूलो दुर्घटनाबाट बाँचियो

स्वस्तिक नाम गरेको ग्यास सिलिन्डर प्रयोग बिनै रित्तिएको हो । शनिबार साँझ बडिगाड गाउँपालिका- ६ श्रेष्ठ किराना पसलबाट लिइएको स्वस्तिक नाम गरेकाे ग्यासमा यस्तो भेटिएपछि केसी परिवार आक्रोशित बनेको छ ।

स्वस्तिक ग्यास : भान्छामा प्रयोग नगरिकनै रित्तियो, परिवार भन्छ ठूलो दुर्घटनाबाट बाँचियो
काठमाडौं । खाना पकाउने ग्यास प्रयोग नगरिकनै सकियो भन्ने कुरा पत्यार नलाग्न सक्छ । तर, बागलुङको बडिगाड गाउँपालिका ६ का शिव केसीले शनिबार साँझ भान्छामा लगेको ग्यास सिलिन्डर प्रयोग बिनै रित्तिएको छ । स्वस्तिक नाम गरेको ग्यास सिलिन्डर प्रयोग बिनै रित्तिएको हो । शनिबार साँझ बडिगाड गाउँपालिका- ६ श्रेष्ठ किराना पसलबाट लिइएको स्वस्तिक नाम गरेकाे ग्यासमा यस्तो भेटिएपछि केसी परिवार आक्रोशित बनेको छ । ‘शनिबार साँझ पसलबाट ल्याइएको ग्यास सिलिन्डर प्रयोग बिनै सकिएको छ सिलिन्डरको (बाहिरी भाग) पिँधमा बरफ जमेको छ,’ केसीले भने, ‘यो उपभोक्तामाथि ठूलो बेइमानी हो भाग्यबस् ठूलो दुर्घटना भएन ।’ शनिबार साँझ भान्छामा राखिएको ग्यास बिहान रित्तिएको भनेर कम्पनीलाई खबर गर्दा पनि वेवास्था गरेको उनले गुनासो गरे । ‘बुटवलमा रहेकाे कम्पनी र स्थानीय बिक्रेतासँग बारम्बार सम्पर्क गरेर घटना सुनाए,’ उनले भने, ‘कम्पनीले मान्छे पठाउँछु भनेपनि अहिलेसम्म पठाएको छैन घटनालाई सामान्य रूपमा हेरियो ।’ ग्यास सिलिन्डर रित्तिएपछि केसी परिवार ठूलो दुर्घटनाबाट जोगिएको बताएको छ । स्थानीय श्रेष्ठ किराना पसलबाट ल्याइएको स्वस्तिक ग्यासबारे जानकारी गराएपछि नयाँ ग्यासको सिलिन्डर दिइएको छ । साँझ लिएको ग्यास बिहान रित्तिनुले राति ग्यास लिंक भयो या कम्पनीले जाँचबुझ नगरि पठाएको भन्नेबारे खुल्न सकेको छैन । यस्तै बडिगाड गाउँपालिका ५  मा पनि एक स्थानीयले भान्छामा लगेकाे स्वस्तिक ग्यास पनि प्रयाेग बिनै रित्तिएकाे पाइएकाे छ ।