८ दलको बैठक जारी रहेका बेला बालुवाटारमाथि कसले उडायो ड्रोन ?

बिनाअनुमति ड्रोन प्रधानमन्त्री निवासमाथि उडेको पाइएपछि अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

८ दलको बैठक जारी रहेका बेला बालुवाटारमाथि कसले उडायो ड्रोन ?
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमाथि अनुमतिबिना ड्रोन उडाएको पाइएको छ । आइतबार आठ दलको बैठक जारी रहेका बेला बाहिरबाट उडाइएको ड्रोन बालुवाटारमाथि प्रवेश गरेको थियो । बिनाअनुमति ड्रोन प्रधानमन्त्री निवासमाथि उडेको पाइएपछि अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर कार्कीले जानकारी दिए । 'अनुमति बिना बालुवाटारमाथि ड्रोन कसले के प्रयोजनका लागि उडाएको हो अहिले भन्न सकिँदैन,' काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भने, यसको विषयमा अनुसन्धान भइरहेको छ ।'