चिसंखुगढी । ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आज बिहान यात्रुवाहक बोलेरो जिप दुर्घटना घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।
सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
ओखलढुंगामा जिप दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते
ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

