सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत नदिने बताए। ‘मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमती र त्यसको लिखित डकुमेन्ट नबनाइकन यथास्थितिमा विश्वासको मत नदिने भन्ने हो,’ उनले भने। यहाँ मुख्यमन्त्रीमा माओवादीले दाबी गरेको थियो। तर यो विषयमा कुरा नमिलेका कारण माओवादीले विश्वासको मत नदिने भट्ट बताए। भट्टका अनुसार शनिबार बसेको बैठकमा कुरा नमिलेपछि विश्वासको मत नदिने निर्णय भएको हो। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहले विश्वासको मत लिनेबारे सर्वदलीय बैठक बसेर आइतबार नै प्रदेश सभाको बैठक तय हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।