काठमाडौं। नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति दिएको छ।
बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो। बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो।
बोर्डबाट अनुमति पाएको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बैकले सर्वसाधारणहरुमा बिक्री गर्ने छ। २ अर्ब ४० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल रहेको छ। सो ऋणपत्र प्रति कित्ता १००० का दरले बिक्री गरिने छ।
सर्वसाधारणका लागि ४ अर्बको ऋणपत्र निष्काशन
बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो। बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो।