जन्मदिनको अवसरमा मानव सेवा आश्रममा खाद्यन्न सहयोग

सहयोग कार्यक्रममा बोल्दै नेता पौडेलले जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गर्न पाउँदा खुसी भएको बताइन् ।

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा खाद्यन्न सहयोग
बागलुङ । नेकपा (माओवादी केन्द्र) बागलुङकी इन्चार्ज वलावति शर्माले जन्मदिनको अवसरमा मानवसेवा आश्रममा  बागलुङमा खाद्यन्न हस्तान्तरण गरेकी छन् । शनिबार आफ्नो ५२ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखामा पुगेर खाद्यन्न हस्तान्तरण गरेकी हुन् । दाताको भरमा चल्दै आएको आश्रमलाई नेता शर्माले चामल, तेल, दाल, नुन चाउचाउलगायतका सामग्री हस्तान्तरण गरेकी छन् । सहयोग कार्यक्रममा बोल्दै नेता पौडेलले जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गर्न पाउँदा  खुसी भएको बताइन् ।