शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

नेपाल राष्ट्र बैंकले भोलि (फागुन २० गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ ।

शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि (फागुन २० गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै विकास ॠणपत्र २०७९ "क" को बाह्रौँ किस्ताको व्याज तथा सावाँ भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएको हो । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।