आँसुले पनि भोग्न बाँकी छ

रुझ्दा झरीसँगै बगि नजाने रहेछन् आँसुहरू यसलाई के थाहा आँखाको डिलमा बसेर अनायास बगेजस्तो सजिलो छैन जमिनका खाल्डाखुल्डीमा बग्न नहरमा बग्न नदीमा बग्न समुद्रमा मिसिन चोटहरू देख्यो कि भकानिएर बग्नेले पनि चाखोस् न आफै चोटका स्वादहरू मलाई त लाग्छ आँसुले पनि जिन्दगी भोग्न बाँकी छ सर्लक्क…

आँसुले पनि भोग्न बाँकी छ
रुझ्दा झरीसँगै बगि नजाने रहेछन् आँसुहरू यसलाई के थाहा आँखाको डिलमा बसेर अनायास बगेजस्तो सजिलो छैन जमिनका खाल्डाखुल्डीमा बग्न नहरमा बग्न नदीमा बग्न समुद्रमा मिसिन चोटहरू देख्यो कि भकानिएर बग्नेले पनि चाखोस् न आफै चोटका स्वादहरू मलाई त लाग्छ आँसुले पनि जिन्दगी भोग्न बाँकी छ सर्लक्कै अन्तरआत्मा भिज्ने गरी उर्लिएका यादहरू किन त्यो झरीसँगै बगेर जाँदैनन् होला म यी यादलाई पनि भुइँ छुवाउन चाहन्थेँ संसार चिनाउन चाहन्थेँ एकचोटि बाह्य संसार देखेपछि थाहा पाउँथ्यो भित्र कोमल मनमा बसेर लडि भगत गरेजस्तो सजिलो छैन बाहिरी कठोर दुनियाँसँग बाज्न मलाई त लाग्छ यादले पनि जिन्दगी भोग्न बाँकी छ।