त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को महाप्रबन्धकमा प्रतापबाबु तिवारी लाई पठाइएको छ ।

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को महाप्रबन्धकमा प्रतापबाबु तिवारी लाई पठाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई टीआईए पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन प्राधिकरणको प्रतिष्ठानको प्रमुख थिए । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा मुछिएसँगै टीआईएको महाप्रबन्धक पद खाली रहन पुगेको थियो । सोही पदमा प्राधिकरणले तिवारीलाई पठाइएको जनाएको छ ।