यात्रु बोकेर बाजुरा उडेको तारा एयरको जहाजको बीच बाटोमै ढोका खुलेपछि...

कोल्टी विमानस्थल नजिक आएपछि विमानको ढोका खुलेको हो । ढोका खुलेको थाहा पाएपछि विमान तत्काल अवतरण गरिएको नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले जानकारी दिए ।

यात्रु बोकेर बाजुरा उडेको तारा एयरको जहाजको बीच बाटोमै ढोका खुलेपछि...
बाजुरा । नेपालगञ्जबाट बाजुराको कोल्टीका लागि यात्रु बोकेर आएको तारा एयरको जहाज 9N AKL को ढोकाबीच बाटोमै खुलेपछि उडान रोकिएको छ । कोल्टी विमानस्थल नजिक आएपछि विमानको ढोका खुलेको हो । ढोका खुलेको थाहा पाएपछि विमान तत्काल अवतरण गरिएको नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले जानकारी दिए । अहिले उक्त विमान कोल्टी विमानस्थलमै राखिएको छ । नागरिक उड्डयनका इन्जिनियर आएर ढोका खुल्नुको कारण पत्ता लगाएपछि मात्र उडान सञ्चालन गराउने तयारी रहेको प्रमुख रिजालले बताए ।