यूएईलाई पराजित गर्दै नेपाल यू-१९ विश्वकपमा

उनले १७ रन जोडे । एथहान कार्ल डिसुजाले अर्धशतक बनाउदै इनिङस सम्हाल्ने प्रयास गरे । उनलाई ५० रनमा हेमन्त धामीले क्लिन बोल्ड गरेपछि नेपालको आश जागेको थियो ।

यूएईलाई पराजित गर्दै नेपाल यू-१९ विश्वकपमा
काठमाडौं । नेपाल आठ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित हात पार्दै २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालको जितमा दिपेश कँडेलले ह्याट्रिक गरे । अजमान स्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएई १८४ रन जोड्दै ४८ ओभरमा अलआउट भयो । यस खेलमा नेपालले ४८ ओभर ५ बलमा अल आउट हुँदै १९१ रनको योगफल बनाएको थियो । खराब सुरुवात गरेको नेपालले १९ रन बनाउदा माथिल्लो क्रममा तीन ब्याटर गुमायो । ओपनर दिपक बोहरा ओभरको पहिलो वलमानै हरित ह्यारिस सेट्टीको बलमा क्लिन बोल्ड भए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा पवेलियन फर्किए । दबाबमा आएको नेपालको इनिङसलाई कप्तान देव र उत्तम थापा मगरले सम्हाले । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । उत्तम ३६ र देव ५१ रनमा मैदान बाहिरिए । विसाल विक्रम केसीले ३८ रनको योगदान गरे । मिलन बोहराले १०, दिपेश कँडेलले १५ र हेमन्त धामीले १३ रन थपे । यूएईका लागि ध्रुव पारसरले ३, हरित र आयन अफजल खानले २-२ विकेट लिए भने हर्सित सेठ र अम्मर बादामीले १-१ विकेट लिएका थिए । यूएईका लागि आर्यन सक्सेना र आर्यन्स शर्माले ६७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १७ ओभर २ बलमा ३२ रन बनाएका आर्यन्सलाई सुवास भन्डारीले आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । आर्यनलाई ३२ रनमा दिपशले पवेलियन फर्काए । आर्यन अफजल खान सुवासको बलमा डक आउट भए । अर्का मुख्य ब्याटर ध्रुव परासरको विकेट दिपेशले लिएपछि युएई दबाबमा आएको थियो । उनले १७ रन जोडे । एथहान कार्ल डिसुजाले अर्धशतक बनाउदै इनिङस सम्हाल्ने प्रयास गरे । उनलाई ५० रनमा हेमन्त धामीले क्लिन बोल्ड गरेपछि नेपालको आश जागेको थियो । अन्त्यमा खेल रोमाञ्चक बन्यो । युएईलाई जितका लागि ८ रन र नेपाललाई ३ विकेट आवश्यक थियो । दिपेशले ४८ औं ओभरमा ह्याट्रिक लिएपछि नेपाल सन २०१६ पछि विश्वकपमा फर्किएको हो । सन २०१८ मा नेपाल युएईसँग नै वर्षाले खेल प्रभावित भएपछि डकवर्थ लुइस नियमको आधारमा एक रनले हार्दा विश्वकपमा पुग्न चुकेको थियो । जगत टमाटाको प्रशिक्षक र देव खनालको कप्तानीमा रहेको नेपालले यो पटक भने पाँच खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भयो । नेपाल विश्वकप पुगेको यो आठौं पटक हो । यसअघि २००० देखी लगातार २००८ सम्म, २०१२ र २०१६ मा विश्वकप खेलेको थियो ।